Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

४, मंसिर २०७८
आज देशभर २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट २०९ र एन्टिजेन परीक्षणबाट ३३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा हजार ४ नमुनाको १४५ पीसीआर परीक्षण र २ हजार ९९१ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ७ हजार १३६ गरिएको छ ।

४४४ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ३०३ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १८ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ३०८ पुगेको छ ।

हालसम्म ७ लाख ९९ हजार ९८९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४९५ पुगेको छ ।

२४ घण्टामा १ लाख ३ हजार २०९ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर ४, २०७८ शनिवार - १८:१७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology