Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २३८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २३८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

५, मंसिर २०७८
आज देशभर २३८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट २३२ र एन्टिजेन परीक्षणबाट ६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा हजार ७८ सय ४५ पीसीआर परीक्षण र १२ सय ७८ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार १२३ गरिएको छ ।

३ सय ७० जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार १६४ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १९ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ३१४ पुगेको छ ।

हालसम्म ८ लाख ३५९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४९६ पुगेको छ ।

२४ घण्टामा ४० हजार १४ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - १६:३५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology