Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

६, मंसिर २०७८
आज देशभर ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ८५ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ जनाको मृत्यु भएको छ भने २५८ जना संक्रमणमुक्त भएका छन् ।

देशभर १२ हजार ६९७ जनाको कोरोना परीक्षण हुँदा काठमाडौं उपत्यकामा १७० जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा १२४, ललितपुर ३६ र भक्तपुरमा १० जनालाई संक्रमण पुष्टि भएको छ । नेपालमा ९ लाख १४ हजार ७१८ जनालाई संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ लाख ६१७ जना निको भएका छन् भने ११ हजार ५ सय जनाको मृत्यु भएको छ ।

२४ घण्टामा ७१ हजार ४८३ जनाले कोरोन विरुद्धको खोप पाएपछि खोप लगाउनेको संख्या १ करोड ७० लाख ९७ हजार ८६६ पुगेको छ । जसमा कम्तिमा एकमात्रा ९१ हजार ४५ हजार ४८० र पूर्णमात्रा ७९ हजार ५३ हजार ३८६ जनाले पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - १८:१२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology