काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३ सय १३ र एन्टिजेन परीक्षणबाट ३८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ८ हजार ७ सय २९ पीसीआर परीक्षण र १ हजार ४ सय ४५ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १० हजार १ सय ७४ गरिएको छ ।
आज ३ सय ७३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ३०० छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १९ हजार ६९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ३७० पुगेको छ ।
हालसम्म ८ लाख ८९० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५०९ पुगेको छ ।
२४ घण्टामा ९८ हजार ५११ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।