Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, मंसिर २०७८
आज देशभर ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । २४ घण्टामा देशभर ३ सय ३२ जना नया कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३०५ र एन्टिजेटबाट गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ९ हजार ९२० परीक्षण गरिएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । जसमा पीसीआर परीक्षण ७ हजार ५९० र एन्टिजेन परीक्षण २ हजार ३३० भएको छ ।

सहप्रवक्ता अधिकारीका अनुसार २४ घण्टाको पीसीआर परीक्षणको दर ४ प्रतिशत छ ।

२४ घण्टामा २३२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४६९ छ । २४ घण्टामा १ लाख ४६ हजार २६२ ले खोप लगाएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ८ लाख २० हजार ४ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट ९५ हजार ३९७ मा पुष्टि भएको छ । ८ लाख १ हजार १२२ जना कोराना मुक्त भएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५१३ पुगेको छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०७८ बुधवार - १८:१५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology