Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २ सय १३ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर २ सय १३ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, मंसिर २०७८
आज देशभर २ सय १३ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २१३ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

४ हजार ९०७ जनाको पिसिआर परीक्षण र १७ सय २५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार १५६ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ।

३ सय २५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर ११, २०७८ शनिवार - १७:४२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology