Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १५८ जना नयाँ कोरोना संक्रमित थपिए

आज देशभर १५८ जना नयाँ कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

१२, मंसिर २०७८
आज देशभर १५८ जना नयाँ कोरोना संक्रमित थपिए
images

काठमाडौं । गत २४ घण्टामा देशभर १५८ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएका छन् । ३४२ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार २ सय १३ जना नयाँ संक्रमित भेटिएका थिए ।

नेपलामा अझै पनि ६ हजार नौ सय ६६ जनामा संक्रिय कोरोना भाइरस रहेको मन्त्रालयले जनाएको छ । छ हजार छ सय चार पिसीआर र दुई हजार तीन सय १४ एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


यससँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार तीन सय उनानब्बे जना पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख २७ हजार ६११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १५६ रहेको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - १६:०७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology