Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१३, मंसिर २०७८
आज देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २५९ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ८८८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार २३१ जनाको पिसिआर परीक्षण र २६५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ।

२६४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर १३, २०७८ सोमवार - १९:४०:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology