Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एउटै विद्यालयका ३० जनामा कोरोना

एउटै विद्यालयका ३० जनामा कोरोना

दैनिकी न्यूज

१७, मंसिर २०७८
एउटै विद्यालयका ३० जनामा कोरोना
images

बागलुङ । एउटै विद्यालयका विद्यार्थी र शिक्षकगरी एकैपटक ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुको टोलीले बिहीबार र शुक्रबार पिसिआर र एन्टिजेन परीक्षण गरेको थियो । 

 जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार १०० नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो । सबैको जीन सिक्वन्सिङ परीक्षण गर्न केही नमुना काठमाडौं पठाइएको छ । कोरोना पुष्टि हुनेमा १७ वर्षमुनिका २१ जना र १७ वर्ष उमेरभन्दा माथिका ९ जना रहेका छन् । वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - २२:११:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology