Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २ सय ३८ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

आज देशभर २ सय ३८ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

दैनिकी न्यूज

२०, मंसिर २०७८
आज देशभर २ सय ३८ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ३८ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित थपिएका छन् । ७ हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ५०३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३५७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ३८६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख छ हजार ६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १६:१२:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology