काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण फेला परेको छ । जसमा पीसीआर परीक्षणबाट पुष्टि हुने २५५ र एन्टिजेन परीक्षणबाट पुष्टि हुने २५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
बुधबारको मन्त्रालयको प्रेस बिफ्रिङमा डा. अधिकारीले दिएको जानकारी अनुसार २४ घण्टामा ९ हजार १६८ पीसीआर र ३ हजार ६ एन्टिजेन गरी १२ हजार १७४ कोरोना परीक्षण गरिएको छ।
३६६ जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या २ छ ।