काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट १९७ र एन्टिजेन परीक्षणबाट १४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा ८ हजार १८ पीसीआर परीक्षण र १ हजार ४३३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार ४५१ गरिएको छ।
३२९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ६ हजार १०५ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २३ हजार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ७०१ पुगेको छ।
हालसम्म ८ लाख ५ हजार ९०० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५४९ पुगेको छ ।
२४ घण्टामा ३ लाख ३७ हजार १७२ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।