Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आज देशभर २५९ जनामा संक्रमण पुष्टि

आज देशभर २५९ जनामा संक्रमण पुष्टि

दैनिकी न्यूज

२४, मंसिर २०७८
आज देशभर २५९ जनामा संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५९ जना कोरोना भाइरस (कोभिड–)संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट २ सय ३२ र एन्टिजेन परीक्षणबाट २७ जनाको कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ६ हजार ४७२ पीसीआर परीक्षण र ४ हजार १५ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १० हजार ४८७ गरिएको छ।

३३७ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ५ हजार ९९७ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २३ हजार ७८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ७२८ पुगेको छ।

हालसम्म ८ लाख ६ हजार २३७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५५२ पुगेको छ ।

२४ घण्टामा ३ लाख २९ हजार ३२१ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - १६:५१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology