Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुईको मृत्यु

आज देशभर २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुईको मृत्यु

दैनिकी न्यूज

२८, मंसिर २०७८
आज देशभर २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुईको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २२९ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित थपिएका छन् । ९ हजार ३९२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२९जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ४ हजार ३१७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३६२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५९ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार ६८९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ३६ हजार ४८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - १७:२३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology