Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २८० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

आज देशभर २८० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

दैनिकी न्यूज

२९, मंसिर २०७८
आज देशभर २८० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८० जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५२ जना र एन्टिजन परिक्षण गर्दा २८ जना गरि जम्मा २८० जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०० जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ६ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई हजार ५२३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - २१:१९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology