Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

आज देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

दैनिकी न्यूज

१, पौष २०७८
आज देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार १६० पीसीआर र २४ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ११ हजार १८ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ५ हजार ५२६ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २५ हजार १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म ८ लाख ८० हजार ८३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५६७ पुगेको छ ।

images
प्रकाशित मिति :पौष १, २०७८ बिहिवार - २२:२६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology