काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ७ हजार ६९१ जनामा पीसीआर परीक्षण गर्दा २६९ जनामा कोभिड–१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । यस्तै १ हजार ३२५ जनामा एन्टीजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको छ ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ४४५ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ९०२ पुगेको छ ।
२४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
शुक्रबार ३ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ । २४ घण्टामा २ लाख ६ हजार ५२२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।