Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १८९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १८९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, पौष २०७८
आज देशभर १८९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८९ जना कोरोना भाइसर संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार १५८ पीसीआर र ३१ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ९ हजार ९९७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ५ हजार ४८३ र एन्टिजेन परीक्षण २ हजार ५१४ भएको छ ।

पछिल्लो २४ घण्टामा २५० जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४२८ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २५ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९५ हजार ९३३ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म ८ लाख ८ हजार ६०३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५६७ पुगेको छ ।

२४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - २०:०२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology