Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १८१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १८१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

४, पौष २०७८
आज देशभर १८१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार १३३ पीसीआर र ४८ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ९ हजार ८७२ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ४ हजार ८३१ र एन्टिजेन परीक्षण ५ हजार ४१ भएको छ ।

पछिल्लो २४ घण्टामा २८९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २५ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९५ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म ८ लाख ८ हजार ८९२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७३ पुगेको छ ।

२४ घण्टामा ९७ हजार २६ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १७:२१:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology