Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २९० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २९० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

६, पौष २०७८
आज देशभर २९० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ८९ नमुना स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १२ हजार चार सय ७३ नमुना परीक्षण गर्दा दुई सय ५२ र एन्टिजेन विधिबाट चार हजार ६ सय १६ नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार दुई सय ३२ संक्रमित निको भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार दुई सय ४२ मा झरेको मन्त्रालयले जनाएको छ। आज देशभर दुई लाख ४७ हजार आठ सय १४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - २०:४३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology