काठमाडौं । २४ घण्टामा देशभर २३६ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट २१७ र एन्टिजेन परीक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा।संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।
प्रवक्ता डा. मिश्राका अनुसार २४ घण्टामा ७ हजार २३३ पीसीआर र ४ हजार ४३ एन्टिजेन परीक्षण भएको छ ।
२७२ जना कोरोनामुक्त भएका छन् । २ जनाको मृत्यु भएको छ ।
२४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर ३ प्रतिशत छ ।
हालसम्म पीसीआर बिधिबाट गरिएको परीक्षण ८ लाख २६ हजार ४२३ जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । एन्टीजेन बिधिबाट ९६ हजार ०४० जनामा कोरोना पुष्टि भएको छ ।
८ लाख ९ हजार ६५९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ ।