Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

आज देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

दैनिकी न्यूज

८, पौष २०७८
आज देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दुई हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८१ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार १६१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - १९:०६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology