काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण हुँदा १६७ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोही अवधिमा २२६ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ४ हजार ९७८ जना छन् ।
यस्तै संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा ६८, भक्तपुरमा ४ र ललितपुरमा २६ रहेको छ ।
यसैबीच २४ घण्टामा देशभर २ लाख ५५ हजार ४५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ जनाको कोरोना विरुद्धको खोप लगाएका छन् जसमा पहिलो मात्रा लगाउनेको संख्या १ करोड ३१ लाख १० हजार ७९ र पूर्ण मात्रा लगाएकाको संख्या ९९ लाख ८५ हजार ५६८ रहेको छ ।