काठमाडौं । काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान आवश्यक मात्रामा सिरिन्ज नआउँदा तत्काललाई स्थगित भएको छ।
सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको थियो। खोपलाई आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो नभएकाले तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको छ। गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो ।