काठमाडौं । २४ घण्टामा देशभर २२० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २०९ र एन्टिजेन परीक्षणबाट ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा।संगीता कौशल मिश्राले जानकारी दिए ।
प्रवक्ता डा. मिश्राका अनुसार २४ घण्टामा ६ हजार ४३३ पीसीआर र १ हजार १७५ एन्टिजेन परीक्षण भएको छ ।
२५३ जना कोरोनामुक्त भएका छन् । २ जनाको मृत्यु भएको छ । २४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर ३.२ प्रतिशत छ ।
हालसम्म पीसीआर बिधिबाट गरिएको परीक्षण ८ लाख २७ हजार ९७२ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । एन्टीजेन बिधिबाट ९६ हजार १८५ जनामा कोरोना पुष्टि भएको छ ।
८ लाख ११ हजार ५१९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।