Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१५, पौष २०७८
आज देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । ८ हजार ८९७ जनाको कोरोना परीक्षण हुँदा २४१ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २२८ जना निको भएका छन् भने एक जनाको पनि मृत्यु भएको छैन ।

अहिले सक्रिय संक्रमित ४ हजार ८७१ छन् । २४ घण्टामा ५६ हजार ११२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

हालसम्म ९ लाख २४ हजार ३९८ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ८ लाख ११ हजार ७४६ जना निको भएका छन् भने कोरोना संक्रमणका कारण ११ हजार ५९० जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - १९:०१:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology