Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २३५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २३५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, पौष २०७८
आज देशभर २३५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

७८ सय ८५ जनाको पीसीआर परीक्षण गर्दा २२ सय २४ जना र ११ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ भने ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छन् । जसमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् भने २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १५:४८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology