Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३८२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३८२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, पौष २०७८
आज देशभर ३८२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा आज थप ३८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३८२ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

५ हजार ७ जनाको पिसिआर परीक्षण र १५९५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२५२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा २८५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २४४, भक्तपुरमा ९ र ललितपुरमा ३२ गरी २८५ छन्।

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - १७:३५:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology