काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१६ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २१३ पीसीआर र ३ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा ७ हजार ६३१ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ५ हजार ९६२ र एन्टिजेन परीक्षण १ हजार ६६९ भएको छ।
पछिल्लो २४ घण्टामा २०९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २८ हजार ९८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९६ हजार २४५ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म ८ लाख १२ हजार ४१९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५९६ पुगेको छ ।