काठमाडौँ। नेपालमा पछिल्लो दिनमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्यामा बढेन थालेको छ । केहि सय देखि कोरोना सङ्क्रमितको सङ्ख्या स्थिर रहेकोमा पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्यामा बढ्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४७८ तथा एन्टिजेन विधिबाट ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएका सङ्क्रमित मध्ये धेरै जसो काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा मात्र पछिल्लो २४ घण्टामा २ सय २१ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५९ तथा भक्तपुरमा ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । उपत्यकाबाहिर कास्कीमा १८ तथा सुनसरी जिल्लामा १६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।