काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार ५ सय ७२ पीसीआर र ३ सय ९६ एन्टिजेन परीक्षणबाट गरी जम्मा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै निको हुनेको संख्या २ सय ६२ जना रहेको छ।
२४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ८ हजार २७२ र एन्टिजेन परीक्षण ६ हजार ६९९ भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ ।