Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा ३७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३७८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२३, पौष २०७८
काठमाडौं उपत्यकामा ३७८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । काठमाडौं उपत्यकामा ३ सय ७८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। आज काठमाडौंमा २ सय ८४, ललितपुरमा ६२ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन्।

गत २४ घण्टाभित्र नेपालमा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार २७२ जनाको पिसिआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितको संख्या पिसिआर परीक्षणबाट ८ लाख ३१ हजार ५२ र एन्टिजेन परीक्षणबाट ९६ हजार ८४१ रहेको छ।

निको हुनेको संख्या २६२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ।

संक्रमणबाट शुक्रबार कसैको पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०२ रहेको छ।

नेपालमा हाल ५ हजार ७४१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ६३ हजार ३७१ खोप लगाइएको छ।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - १९:४२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology