काठमाडौं । नेपालमा थप ९४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। देशभरि १३ हजार २६४ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट ६९६ र एन्टिजेनबाट २४८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २९७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ। नेपालमा पछिल्लो केही दिनदेखि संक्रमित संख्या बढिरहेको छ। शुक्रबार एकैदिन ९६८ जनामा कोरोना संक्रमण देखिएको थियो।
नेपालमा हाल ६ हजार १४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौं जिल्लामा ३६२, ललितपुरमा ९४ र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।