काठमाडौं । कोरोना संक्रमण १ हजार भन्दा उकालो लागेको छ । पछिल्लो २४ घण्टामा ११ सय ६७ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिएकी छिन् ।
आइतबारको प्रेस ब्रिफिङमा डा।मिश्राले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ८ हजार ८४८ पीसीआर र ३ हजार ७८३ एन्टिजेन गरी १२ हजार ६३२ नमुनाको परीक्षण भएको प्रवक्ता मिश्राले जानकारी दिनुभयो । मिश्राका अनुसार २४ घण्टाको पीसीआर परीक्षणमा पोजेभिट रिपोर्ट देखिनेदर ९ प्रतिशत छ ।
२४ घण्टामा २२४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २ जनाका मृत्यु भएको छ ।