Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अब सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नपाउने

अब सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नपाउने

दैनिकी न्यूज

२५, पौष २०७८
अब सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नपाउने
images

काठमाडौं – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस गरेको छ ।

आज बसेको बैठकले कोरोना सङ्क्रमण बढ्दै गएकाले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

यस्तै बैठकले सार्वजनिक ठाउँमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने सिफारिस गरेको छ ।

त्यस्तै नगरि नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरिएको छ ।

यस्तै आजको बैठकले सार्वजनिक ठाउँहरूमा (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य कोरोना खोप लगाएको कार्ड हेर्न सिफारिस गरेको छ ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:२२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology