Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोलिबाट काठमाडौं उपत्यकाका जिल्लाका बालबालिकालाई खोप

भोलिबाट काठमाडौं उपत्यकाका जिल्लाका बालबालिकालाई खोप

दैनिकी न्यूज

२६, पौष २०७८
भोलिबाट काठमाडौं उपत्यकाका जिल्लाका बालबालिकालाई खोप
images

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा भोलिबाट १२ देखि १७ वर्षका बालबालिकालाई खोप दिइने भएको छ ।

काठमाडौं भक्तपुर र ललितपुर जिल्लामा भोलिबाट बालबालिकालाई फाइजर र मोडर्ना खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार तीनै जिल्लाका सबै स्थानीय तहमा भोलिबाट खोप अभियान सुरु हुनेछ । १२ वर्ष लागेका र खोप लगाउने दिनसम्म १७ वर्ष ११ महिना २९ दिन उमेर भएकालाई खोप दिइनेछ ।

उमेर खुल्ने परिचय पत्र बोकेर खोप केन्द्रमा जान तथा आफ्ना बालबालिकालाई खोप लगाउन लैजान अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - १६:१२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology