Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

भोलिबाट काठमाडौं उपत्यकाका जिल्लाका बालबालिकालाई खोप

भोलिबाट काठमाडौं उपत्यकाका जिल्लाका बालबालिकालाई खोप

दैनिकी न्यूज

२६, पौष २०७८
भोलिबाट काठमाडौं उपत्यकाका जिल्लाका बालबालिकालाई खोप
images

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा भोलिबाट १२ देखि १७ वर्षका बालबालिकालाई खोप दिइने भएको छ ।

काठमाडौं भक्तपुर र ललितपुर जिल्लामा भोलिबाट बालबालिकालाई फाइजर र मोडर्ना खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार तीनै जिल्लाका सबै स्थानीय तहमा भोलिबाट खोप अभियान सुरु हुनेछ । १२ वर्ष लागेका र खोप लगाउने दिनसम्म १७ वर्ष ११ महिना २९ दिन उमेर भएकालाई खोप दिइनेछ ।

उमेर खुल्ने परिचय पत्र बोकेर खोप केन्द्रमा जान तथा आफ्ना बालबालिकालाई खोप लगाउन लैजान अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - १६:१२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology