Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२७, पौष २०७८
आज देशभर २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २४ सय ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४ सय ६३ जना गरी २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये काठमाडौं उपत्यकामा थप १२ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ८०, ललितपुरमा २ सय २१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३१३ जना कोरोनामुक्त हुँदा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ भने ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् । जसमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - १६:२८:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology