Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२८, पौष २०७८
आज देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍. संगीता कौशल मिश्राले दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको छ ।

ती मध्ये काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११ सय २८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन्।

यस अवधिमा १३ हजार ३६ परीक्षण भएको छ । २४ घण्टामा २७८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ छ ।

२४ घण्टाको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट देखिनेदर २७ प्रतिशत रहेको प्रवक्ता डा.मिश्राको भनाइ छ ।

मंगलबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :पौष २८, २०७८ बुधवार - १६:५१:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology