Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२९, पौष २०७८
आज देशभर ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर ३५ सय ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२ र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो।

बिहीबार देशभर १४ हजार ३ सय ४० जना कोरोनाका संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्। यस्तै २७१ जना संक्रमणबाट मुक्त भएका छन्।

बुधबार ३०७५ जनामा कोरोना संक्रमण देखिएको थियो। 

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - १६:१८:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology