काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४ सय ४९ जना, भक्तपुरमा १५० जना र ललितपुरमा ३१७ जना कोरोना संक्रमित थपिएका हुन् ।