Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३०, पौष २०७८
आज देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडों । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ती मध्ये काठमाडौं उपत्यकाका २ हजार ६०७ जना रहेका छन् । काठमाडौंमा १ हजार ९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनालाई पोजेटिभ देखिएको छ ।

देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।

यस दिन ३ जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् ।

पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ।  त्यसैगरी ३ लाख २० हजार २६७ जनाले विगत २४ घण्टामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा सोमबार १ हजार ४४६ जना, मंगलबार २ हजार ४४४ जना, बुधबार ३ हजार ७५ जना र बिहीबार ३ हजार ५५३ संक्रमित थपिएका थिए ।

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - १६:२९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology