Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा थपिए २२ सय १९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २२ सय १९ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१, माघ २०७८
काठमाडौं उपत्यकामा थपिए २२ सय १९ जना कोरोना संक्रमित
images

काठमाडौं । काठमाडौं उपत्यकामा २२ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १५ सय ९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

यस्तै, काठमाडौं उपत्यका बाहिर चितवनमा २०५, सुनसरी ११६, मोरङमा १०४, मकवानपुर ८३ र कास्कीमा ७३ जनामा कोरोना पुष्टि भएको उनले बताइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त हुँदा ४ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।

images
प्रकाशित मिति :माघ १, २०७८ शनिवार - २०:२९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology