Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार देशभर ४९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार देशभर ४९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२, माघ २०७८
आइतबार देशभर ४९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९ सय ६१ जना कोरोना भाइरस (कोभिड–) संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५६२ पिसीआर परीक्षणबाट ४ हजार ५३४ र २५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ।

यस्तै आइतबार ४३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :माघ २, २०७८ आइतवार - १६:३८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology