Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज काठमाडौँ उपत्यकामा थप ३३ सय ४७ जनालाई कोरोना संक्रमण

आज काठमाडौँ उपत्यकामा थप ३३ सय ४७ जनालाई कोरोना संक्रमण

दैनिकी न्यूज

२, माघ २०७८
आज काठमाडौँ उपत्यकामा थप ३३ सय ४७ जनालाई कोरोना संक्रमण
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३३ सय ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २५ सय ४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४९ सय ६१ जना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ।

यस्तै आइतबार ४३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १२ हजार ५६२ पीसीआर तथा २ हजार ५६९ एन्टिजेन परीक्षण भएको छ।

images
प्रकाशित मिति :माघ २, २०७८ आइतवार - १६:५९:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology