काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।
मन्त्री आलेको सचिवालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
मन्त्री आलेका साथै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।
मन्त्री आलेको सचिवालयले पछिल्ला दिन आफ्ना सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह पनि गरेको छ।
उनको निजी सचिवालयका अनुसार मन्त्रीलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् ।