Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ६७ सय ३४ जनामा कारोना संक्रमण पुष्टि

आज देशभर ६७ सय ३४ जनामा कारोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, माघ २०७८
आज देशभर ६७ सय ३४ जनामा कारोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ५७ सय ४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना पुष्टि भएको हो।

ती मध्ये काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।

२४ घण्टामा १७ हजार ४६५ परीक्षण भएको छ। जसमा पीसीआर १४ हजार १४ र एन्टिजेन ३ हजार ४५१ भएको । ५४७ जना कोरोनामुक्त हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

सक्रिय सक्रमितको स‌ंख्या ३० हजार ८७७ पुगेको छ ।

images
प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १७:०६:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology