Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

४, माघ २०७८
आज देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १७ हजार ८७२ जनामा पीसीआर परीक्षण ८ हजार ७३० र ४ हजार ९५६ जनामा एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ ।

सक्रिय सक्रमितको स‌ंख्या ३९  हजार ४४ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - १६:१८:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology