Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा तीन सय ५० पत्रकारले लगाए बुस्टर डोजको खोप

ललितपुरमा तीन सय ५० पत्रकारले लगाए बुस्टर डोजको खोप

दैनिकी न्यूज

४, माघ २०७८
ललितपुरमा तीन सय ५० पत्रकारले लगाए बुस्टर डोजको खोप
images

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखा अन्तर्गत तीन सय ५० पत्रकारले कोरोनाबिरुद्धको बुस्टर डोजको खोप लगाएका छन् । शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा मंगलबार कोरोना बिरुद्धको तेस्रो खोप दिइएको हो ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र विद्यालय परिसरमा शाखाका र हाल उपत्यकामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका व्यक्तिलाई तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरि कार्कीले जानकारी दिए । विद्यालय परिसरमा खोप बुधबार र बिहीबार पनि दिइने छ ।

खोप लगाउन आउँदा महासंघले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य लिएर आउन कार्कीले आग्रह गरेका छन् । खोप लगाउन बाँकी भएका पत्रकारलाई तोकिएको स्थानमा उपस्थित हुन सचिव कार्कीले अनुरोध गरेका छन् ।

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - २०:०८:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology