काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।
मन्त्रालयका अनुसार यो हालसम्मकै सर्वाधिक संक्रमण हो।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२८ पुगेको छ।
यस्तै बुधबार ६१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।