Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १२ हजार ३३८ जनाका कोरोना संक्रमण पुष्टि

आज देशभर १२ हजार ३३८ जनाका कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

६, माघ २०७८
आज देशभर १२ हजार ३३८ जनाका कोरोना संक्रमण पुष्टि
images

काठमाडौं ।२४ घण्टामा देशभर १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिनेज परीक्षणबाट २ हजार २८६ जनामा कोरोना पुष्टि भएको छ ।

३४ घण्टामा २७ हजार ४७९ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा २१ हजार ७ पीसीआर र ६ हजार ४९० एन्टिजेन परीक्षण भएको छ ।

२३ घण्टामा ६४९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा तीन दिनदेखि लगातार कोरोनाको रकर्ड बनिरहेको छ । बुधबार ११ हजार ३५२ मा र मंगलबार १० हजार २५८ मा कोरोना पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - १८:२०:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology